३ असोज, ताप्लेजुङ । ताप्लेजुङका पत्रकार खगेन्द्र अधिकारीलाई सरकारले जनसेवाश्री पदक प्रदान गर्ने भएको छ । संविधान दिवसको अवसर पारेर विभिन्न क्षेत्रमा योगदान पु¥याएका व्यक्तिलाई प्रदान गरिने यो पदकबाट अधिकारी समेत सम्मानित हुने भएकाहुन् ।

सरकारले आईतबार घोषणा गरे अनुसार पदक पाउने अधिकारी सहित देशभरका ९०३ जनालाई राष्ट्रपति विद्यादेवी भण्डारीले शितल निवासमा आयोजित विशेष समारोहमा विभूषण प्रदान गर्ने कार्यक्रम छ ।

विगत लामो समयदेखि पत्रकारिता क्षेत्रमा क्रियाशिल अधिकारी नेपाल पत्रकार महासंघ ताप्लेजुङका पुर्व अध्यक्ष हुन् भने नागरिक दैनिकका जिल्ला सम्वाददाता र उज्यालो पोष्ट दैनिकका सम्पादक समेत हुन् ।
Satyakura.com

प्रतिक्रिया

सम्बन्धित ख

ताजा समाचार

लोकप्रिय

error: Content is protected !!