प्रहरीले संखुवासभाको मादी–१ उम्लिङ खोलागाउँका तेजबहादुर कार्कीको परिवारका ६ सदस्यको हत्या गर्ने लोक बहादुर कार्कीलाई सार्वजनिक गरेको छ ।
नातामा भतिज पर्ने छिमेकी लोकबहादुरलाई प्रहरीले आइतबार सार्वजनिक गरेको हो । कार्कीलाई शनिबार पक्राउ गरिएको थियो । प्रहरीका अनुसार हत्या गरिएका व्यक्तिहरुको टाउकोमा गहिरो चोट लागेको पाइएको छ । हत्या गर्ने क्रममा टाउकोमा नै प्रहार गरको पाइएको प्रहरीले उल्लेख गरेको छ ।
उनले आफूले अपमान सहन नसकेर तेज बहादुरको हत्या गरेको र त्यो देखेकाले अरुलाई पनि मारेको स्वीकार गरेका छन् ।







