काठमाडौं । नेपाल इन्फास्ट्रक्चर बैंक (निफ्रा) को आईपीओ आज बन्द हुँदैछ ।
मंगलबार साँझ ५ बजेदेखि यो आईपीओका लागि दिइने आवेदन बन्द हुने बिक्री प्रबन्धक एनआईबीएल क्यापिटलले जनाएको छ ।

आवेदन बन्द हुनेगरी तोकिएको सुरुको मितिमै आईपीओका लागि पर्याप्त आवेदन परेको भन्दै मंगलबारदेखि आवेदन बन्द हुने क्यापिटलले जनाएको हो ।

सोमबार साँझसम्म यो आईपीओका लागि ११ लाख ७७ हजार जनाले आवेदन दिएका थिए । ती आवेदकबाट १४ अर्ब १९ करोड कित्ता शेयरका लागि आवेदन परेको थियो । यो माग निफ्राले जारी गरेको आईपीओभन्दा दोब्बर नजिक हो । RatoPati

प्रतिक्रिया

सम्बन्धित ख

ताजा समाचार

लोकप्रिय