६ माघ, ताप्लेजुङ । नेपाल प्रजातान्त्रिक महासंघ युवा समिति ताप्लेजुङको संयोजकमा फुर्वा शेर्पा चयन हुनुभएको छ । सोमबार एक कार्यक्रमका बीच २१ सदस्यीय युवा समितिको गठन भएको हो ।

समितिको दुई सह संयोजकमा शुक्रराज लिम्बू र सरिता माबोहाङ (लिम्बू) चयन हुनुभएको छ भने सचिब, सह सचिब र कोषाध्यक्षमा क्रमश: दावा शेर्पा, रन्जित ताम्जोङ र कबिता तामाङ चयन हुनुभएको छ । काँग्रेसको सुभेच्छुक संस्थाको रुपमा अघि बढेको महासंघमा विभिन्न विषयगत समितिहरु गठन हुँदै आएका छन् । युवा समिति पनि महासंघकै एक विषयगत समिति रहेको बताईएको छ ।

नेपाली काँग्रेस जिल्ला कार्य समितिका उपसभापति तथा कार्यवहाक सभापति मणी लाबुङ लगायत काँग्रेसका जिल्ला स्तरिय नेताहरुको उपस्थितीमा उक्त समिति विस्तार भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित ख

ताजा समाचार

लोकप्रिय