१२ भाद्र, ताप्लेजुङ। कर्तव्य ज्यान मुद्धामा २० वर्ष कैद सजाय घोषित भई फरार रहेका प्रतिवादी १५ वर्ष पछि पक्राउ परेकाछन् ।

पक्राउ पर्नेमा ताप्लेजुङको मैवाखोला गाउँपालिका १ का ६७ वर्षिय आसबहादुर भनिने देउप्रसाद लिम्बू रहेकाछन् । कर्तव्य ज्यान मुद्धामा वि.स. २०७० सालमा तत्कालिन पुनरावेदन अदालत ईलामद्धारा जन्म कैद सजाय घोषित भई फरार लिम्बू झापाबाट पक्राउ परेकाहुन् ।

पक्राउ गरि ताप्लेजुङ ल्याईएका लिम्बूलाई शुक्रबार नै जिल्ला अदालतले कैद सजाय भुक्तानका लागि कारागार चलान गरेको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ । ताप्लेजुङ प्रहरीको विशेष सुचनाका आधारमा झापा प्रहरीले लुकिछिपी रहेको अवस्थामा लिम्बूलाई पक्राउ गरेको थियो ।

लिम्बूले वि.स.२०६३ सालमा ढुंगेसाँघुका कुमार मास्वा लिम्बूलाई कुटपिट गरि घाईते बनाएका थिए । कुटपिट पछि घाईते लिम्बूको उपचारकै क्रममा निधन भएको थियो ।

यसैबीच सदरमुकाम फुङलिङमा पार्किङ गरि राखिएको मोटरसाईकल चोरी गरेको आरोपमा मिक्वाखोला गाउँपालिका ५ पापुङका पाशाङ तेम्बा शेर्पालाई प्रहरीले पक्राउ गरेको छ ।

चोरी आरोपमा १९ वर्षिय शेर्पालाई खोजतलासका क्रममा सदरमुकाम फुङलिङबाटै पक्राउ गरिएको प्रहरीले जनाएको छ । रातको समयमा चोरी गरि लगेको मोटरसाईकल भने मेरिङदेन गाउँपालिकामा लुकाएर राखिएको अवस्थामा फेला पारि बरामद गरिएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित ख

ताजा समाचार

लोकप्रिय

error: Content is protected !!