बिर्तामोड, माघ ५ गते । झापाको दमक नगरपालिका–४ ताराबारीस्थित पूर्वपश्चिम राजमार्गमा सोमबार सवारी दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । तीन जना घाइते भएका छन् ।

सोमबार बिहान ९:४० बजेतिर मे१च १२४६ नम्बरको एम्बुलेन्सले प्रदेश १, ००३ ह ६२४ नम्बरको अटोरिक्सालाई ठक्कर दिएको थियो । दुर्घटनामा अटोरिक्सा चालक मोरङ, उर्लाबारी नगरपालिका–४ का ५० वर्षीय वीरेन्द्र बुढाथोकी र अटोमा सवार अन्दाजी ४० वर्षका सन्तोष श्रेष्ठको मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।

अटोमा सवार दमक–४ का २० वर्षीय राजन सिलवाल र सौजन मगर तथा मे११प ९५२५ नम्बरका मोटरसाइकल चालक दमक–६ का २८ वर्षीय रमेश पोखरेल घाइते भएका छन् । एम्बुलेन्स सुत्केरी बोकेर पूर्वबाट पश्चिमतिर जाँदै थियो ।

मोरङको उर्लाबारीबाट यात्रु बोकेर आएको अटोरिक्सा ताराबारीमा बाटो क्रस गरेर दक्षिणतर्फ जाने क्रममा एम्बुलेन्सले ठक्कर दिएको ट्राफिक प्रहरीले जनाएको छ । एम्बुलेन्सको ठक्करबाट सडकमा पल्टिएको अटोरिक्सामा पश्चिम जाँदै गरेका मे११प ९५२५ नम्बरको मोटरसाइकल र को२९प १९३३ नम्बरको स्कुटरसमेत ठोक्किएका थिए । ekantipur

प्रतिक्रिया

सम्बन्धित ख

ताजा समाचार

लोकप्रिय

error: Content is protected !!