काठमाण्डाै – सानिमा लाइफ इन्स्योरेन्स लिमिटेडको प्राथमिक शेयर अर्थात आईपीओ बाँडाफाँड भएको छ । कम्पनीको शेयर निष्कासन तथा बिक्री प्रवन्धक प्रभु क्यापिटलले गरेको बाँडफाँड अनुसार पाँच लाख ४० हजार जनालाई १० कित्ताका दरले आईपीओ परेको छ भने १७ लाख ६८ हजार जनालाई परेको छैन ।

आईपीओको लागि २४ लाख १९ हजार ८ सय ४८ वटा परेकोमा १ लाख ६ हजार २ सय ९२ जनाको रद्द भएको थियो । योग्य आवेदकहरु २३ लाख ८ हजार १ सय २२ वटा मध्येबाट ५ लाख ४० हजार जनालाई न्यूनतम १० कित्ता बाँडफाँड गरिएको छ ।

आईपीओको नतिजा प्रभु क्यापिटलको वेबसाइट https://results.prabhucapital.com र तथा सिडिएससिको वेवसाइट https://iporesult.cdsc.com.np मा हेर्न सकिनेछ ।

प्रतिक्रिया

सम्बन्धित ख

ताजा समाचार

लोकप्रिय

error: Content is protected !!