२७ श्रावण, ताप्लेजुङ । ट्राफिक प्रहरी कार्यालय ताप्लेजुङले नम्बर प्लेट मेटिएका सवारी साधनहरुलाई नम्बर लेखाउन थालेको छ । पटकपटक आग्रह गर्दा पनि सवारी चालकले आफ्नो सवारी साधनमा स्प्रस्ट नम्बर नदेखिएकाले सवारी साधनहरुलाई कामकारबाहीसहित नम्बर लेख्न सुरु गरेको हो ।

यो अभियान ´तपाईंको माक्स खोइ?´ सहित जिल्लामा चलाइरहेको ट्राफिक प्रहरी कार्यालय ताप्लेजुङका प्रमुख रोहित थापाले जानकारी दिनुभएको छ । नम्बर प्लेट मेटिएका सवारीले दुर्घटना गराएर भागेमा प्रहरी र प्रत्यक्ष दर्शीले समेत नदेख्ने भएका कारण दुर्घटना गराउने सावरीको पह्रिचान होस् भनेर यो अभियान सञ्चालन गरेको कार्यालय प्रमुख थापाले जानकारी दिनुभएको छ । ट्राफिक प्रहरी कार्यालयका ट्राफिक जवान परिचालन गरेर नम्बर प्लेट मेटिएका सवारीसाधन नियन्त्रणमा लिई नम्बर लेखाएर कार्वाही गरेर पठाउने थापाले बताउनु भएकोछ ।

ट्राफिक जनशक्ति कम भए पनी यो कार्य भने निरन्तर चलिरहने उहाँको भनाइ रहेकोछ । 

प्रतिक्रिया

सम्बन्धित ख

ताजा समाचार

लोकप्रिय

error: Content is protected !!