२२ श्रावण, ताप्लेजुङ।
नेपाल विद्यार्थी संघ जिल्ला कार्यसमिति ताप्लेजुङ ले शिक्षक विद्यार्थीलाई कोभिड–१९ विरुद्धको खोप तत्काल उपलब्ध गराउन सरकारसँग माग गरेको छ ।
संघले (विद्यार्थी भ्याक्सिन बिशेष कार्यक्रम) भन्ने नारालाई आत्मसात गर्दै भ्याक्सिन तत्काल उपलब्ध गराइ शैक्षिक क्षेत्र बिस्तार गर्न आग्रह गरेको हो । संघका अध्यक्ष बिश्वराज नाल्बोले आज ध्यानाकर्षण पत्र जिल्ला प्रशासन कार्यालय ताप्लेजुङका प्रमुख जिल्ला अधिकारी उमेश पाण्डेसमक्ष हस्तान्तरण गरिएको नेबि संघका जिल्ला सदस्य लोकेश लङ्वाले जानकारी दिनुभएको छ।


संघले प्रत्येक विद्यार्थीहरुलाई तत्काल खोपको व्यवस्था गरेर मात्र परिक्षा संचालन गर्न समेत माग गरेको छ ।
संघले कोभिड–१९ बाट सिर्जित विषम परिस्थितिमा बन्दाबन्दी मात्र विद्यार्थीको लागि सहि बिकल्प नहुने भन्दै विद्यार्थीमा नकारात्मक प्रभाव नपार्नका लागि स्वास्थ्य सुरक्षाको मापदण्ड पालना गरी सहजीकरण गर्ने कार्यलाई निरन्तरता दिन पनि विज्ञप्तिमार्फत आह्वान गरिएको छ ।
ध्यानाकर्षण पत्र:








