ताप्लेजुङ, साउन १९ गते । आँखाका विरामीहरुलाई ग्रामीण क्षेत्रमै गुणस्तरीय सेवा पु¥याउने उद्देश्यका साथ ताप्लेजुङकै दोश्रो ठुलो बजार दोभानमा दोभान आँखा उपचार केन्द्रको स्थापना गरिएको छ ।

 

 

 

नेपाल नेत्र ज्योति संघ ताप्लेजुङद्वारा सञ्चालित डिचेन डोङ्गला आँखा उपचार केन्द्रको शाखा दोभानमा स्थापना गरिएको डिचेन डोङ्गलाका क्लिनिक इन्चार्ज काजी गुरुङले जानकारी दिनुभयो । उहाँका अनुसार आठराई त्रिवेणी गाउँपालिका र मेरिङदेन गाउँपालिकाको साझेदारीमा सञ्चालन गरिएको हो । शाखा सञ्चालन गर्नका लागि दुवै पालिकाले चार÷चार लाख रुपँैया बजेट विनियोजन गरेका थिए ।

 

 

 

दोभानमा शाखा स्थापना गरिएपछि दुवै पालिकाबाहेक विशेष गरी मिक्वाखोला र मैवाखोलाका नागरिकले समेत सहज तरिकाले सेवा उपभोग गर्न पाउने विश्वास लिइएको डिचेन डोङ्गलाका क्लिनिक इन्चार्ज गुरुङले जानकारी दिनुभयो ।

 

 

 

प्रतिक्रिया

सम्बन्धित ख

ताजा समाचार

लोकप्रिय

error: Content is protected !!