२ माघ, ताप्लेजुङ । ताप्लेजुङ प्रहरीले लागुऔषध खैरो हिरोईन कारोबारमा संलग्न एक महिला सहित तीन जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा फक्ताङलुङ गाउँपालिका–४ ईखाबुका २४ वर्षिय हाङ्सु भनिने अमृत लाबुङ (लिम्बू), फुङलिङ नगरपालिका ९ स्थायी ठेगाना भई झापाको अर्जुनधारा बस्ने ३३ वर्षिय कल्पना गुरुङ र फुङलिङ नगरपालिकामा नै बसोबास गर्दै आएका भारतिय नागरिक अन्दाजी ३० वर्षका रुपन शाह भनिने मनोज शाह रहेकाछन् ।
उनिहरुलाई लागुऔषधको कारोबारमा संलग्न रहेको भन्ने गोप्य सुचनाका आधारमा छुट्टा–छुट्टै ठाउँबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ । प्रहरीका अनुसार अमृत लाबुङ २५.८१ ग्राम हिरोईन सहित फुङलिङ नगरपालिका ६ गुम्बा चौकबाट पक्राउ परेका हुन् भने मनोज शाह फुङलिङ नगरपालिका ७ मा पर्ने मेची राजमार्गबाटै ४०० मिलि ग्राम हिरोईन सहित पक्राउ परेकाहुन् ।
फरक फरक मिति र स्थानबाट पक्राउ परेका तीनै जनालाई विहिबार प्रहरीले पत्रकार भेटघाट कार्यक्रमकाबीच सार्वजानिक गरेको थियो । लागुऔषध नियन्त्रणका लागि जिल्ला प्रहरी कार्यालयले विशेष योजनाका साथ खोजतलास तथा अनुसन्धानका कार्यलाई अघि बढाएको ताप्लेजुङ प्रहरी प्रमुख तथा प्रहरी नायव उपरिक्षक महेन्द्र श्रेष्ठले बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित ख

ताजा समाचार

लोकप्रिय