१९ साउन, ताप्लेजुङ । ताप्लेजुङमा पुन एक साता निषेधाज्ञाको अवधि थप गर्ने निर्णय भएको छ । जिल्ला कोभिड–१९ व्यवस्थापन समितिको हिजो बसेको बैठकले साउन १९ गते रातीदेखि एक साता सम्मका लागि निषेधाज्ञा लागु गर्ने निर्णय गरेको हो ।
निषेधाज्ञाको अवधिमा अनावस्यक जमघट, भिडभाड र हिँडडुल नगर्न अनुरोध गरिएको छ । यस्तैे राजमार्ग बाहेकका ठाउँमा निजि तथा सार्वजानिक सवारी साधन सञ्चालन गर्न नपाईने फुङलिङ नगरपालिकाका उपप्रमुख बमबहादुर भट्टराई (तारा) ले जानकारी दिनुभयो । उहाँका अनुसार निषेधाज्ञाभर विहान ६ वजेदेखि बेलुका ५ बजे सम्म स्वास्थ्य सुरक्षा अपनाई पसल व्यवसाय सञ्चालन गर्न पाईने छ ।
सरकारी कार्यालयबाट अति आवस्यक सेवा प्रदान गरिने छ भने बैंक तथा वित्तिय संस्थाले समेत सामाजिक दुरी कायम गराउँदै सेवा प्रदान गर्न सक्नेछन् ।







