नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठक १० दिन पछि सरेको छ । आइतबार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको स्थायी कमिटी बैठकले साउन २० गते तोकिएको बैठकलाई साउन ३० गतेलाई सार्ने निर्णय गरेको हो ।

बैठकले साउन ३० गतेभित्र देशभरका सबै वडामा कमिटी गठन गरेर त्यसको रिपोर्ट ल्याउन केन्द्रीय समिति सदस्यहरुलाई निर्देशन समेत दिएको छ ।

त्यस्तै बैठकमा पछिल्लो राजनीतिक घटनाक्रमबारे समेत छलफल भएको बताइएको छ ।

प्रतिक्रिया

सम्बन्धित ख

ताजा समाचार

लोकप्रिय

error: Content is protected !!