-लाक्पादिकी शेर्पा, मेरिङ्देन (ताप्लेजुङ)
१४ श्रावण, ताप्लेजुङ ।

मेरिङ्देन गाउ“पालिका ४ लिङतेपमा ५ सय ८४ जनाले राष्ट्रिय परिचयपत्रकालागी नाम दर्ता गराएका छन । गृह मन्त्रालयको राष्ट्रिय परिचयपत्र तथा पञ्जिकरण विभागद्वारा सञ्चालित कार्यक्रम अन्तर्गत ३ सय २ जना महिला र २ सय ८२ जना पुरुषले परिचय पत्रकालागी नाम दर्ता गराएका हुन ।

वडा सदस्य धिरेन लिम्वू १६ वर्ष माथिका अधिकांस ब्यत्तिले परिचय पत्रकालागी नाम दर्ता गराएको बताउछन । ‘कोहि गाउ“मा हु“दैन, कोही बाहिर गएका छन्,’ उनले भने, ‘उनिहरु मात्रै छुटे गाउ“मा भएकाहरु सबै सहभागी भए ।’ यो कार्यक्रम ताप्लेजुङ जिल्लामा २०७८ बैशाखदेखि अभियानको रुपमा सुरु भएको हो । लिङतेपमापनि १३ गत्ते देखी सुरु भएको थियो । तर कोरोनाको महामारिका कारण बैशाख २० गत्ते देखि स्थगित गरिएको थियो । वडामा संक्रमण सामान्य बनेपछि साउन ३ गतेवाट सञ्चालन भइ सम्पन्न भएको हो ।

१६ बर्ष पुरा भइ नेपाली नागरिकता लिएको व्यक्तिले मात्रै बनाउन पाउने परिचय पत्र दर्ता गराउदा तीन पुस्ते विवरण आवष्यक पर्छ । नागरिकता, पार्सपोर्ट साइजको फोटो, हातका दशवटै औंठाछाप र आखाका नानीका फोटो खिचेर दर्ता गरिन्छ । गराइएको मेरिङ्देन ४ नं. वडाका वडा सदस्य धिरेन लिम्बुले जानकारी दिनुभयो ।

प्रतिक्रिया

सम्बन्धित ख

ताजा समाचार

लोकप्रिय

error: Content is protected !!