
तरुण भारती, पुस २५, ताप्लेजुङ।
ताप्लेजुङ फुङ्लिङ नगरपालिका ७ नम्बर वडाका जेष्ठ नागरिक तथा फरक क्षमता भएको आम्सिक अपाङ्ग र पुर्ण अपंगता भएका नागरिकहरू लाई सम्मान स्वरुप न्यानो फाइबर सिरक शुक्रबार वितरण गरेको छ ।हिउँदको कठङ्ग्रीदो जाडोबाट बच्न सिरक वितरण गरीएको सम्बन्धित वडाका वडा अध्यक्ष राजन गुरुङले बताउनु भएकोछ ।
कार्यक्रम बोल्दै फुङ्लिङ नगरपालिका वाड न ३ का वाड अध्यक्ष युवराज बरालले भन्नू भयो ´सम्मान २ प्रकारको हुन्छ एउटा राम्रो कामको सम्मान र अर्को पिडितहरुको सम्मान अहिले जाडोबाट पिडित भएका व्यत्तिहरुको एउटा न्यानो सिरकबाट सम्मान गर्नु एउटा ठुलो कुरा हो । सिरकबाट सम्मानित भएकाहरुलाई यो सिरक कम्तिमा ५ वर्ष सम्म टिक्छ र यसलाई हिफाजत साथ राख्नु ´ वितरण गर्दै बरालले सबैलाई आग्रह पनि गर्नु भएको थियो ।
कार्यक्रममा ८६ जनालाई ८६ नै थान सिरक वितरण गरेको वडा सचिव यज्ञराज भारतीले जानकारी दिनु भयो। सिरक पाएका एक वृद्ध ले भने हामी एकदमै खुशी भएको छौ , यहिले सम्म कसैले पनि यस्तो किसिमको काम गरेको थिएन ।
कार्यक्रममा फुङ्लिङ नगरपालिकाका निमित्त कार्यकारी अधिकृत भुपाल सेन्दाङ, फु न पा ३ का वाड अध्यक्ष युवराज बराल,मुक्ति पौडेल लगायत अन्य नेताहहरुको कार्यक्रममा सहभागीता रहेको थियो । कार्यक्रम वडा नम्बर ७ का वडा अध्यक्ष राजन गुरुङको अध्यक्षतामा सम्पन भएको थियो ।