११ साउन, ताप्लेजुङ । बृद्ध महिलालाई जबरजस्तीकरणी गरेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । फुङलिङ नगरपालिकाकि ६७ वर्षिय फरक क्षमता भएकि बृद्धलाई जबरजस्तीकरणी गरेको अभियोगमा स्थानीय ३५ वर्षिय विष्णु बराललाई प्रहरीले पक्राउ गरेको हो ।

शुक्रबार बिहान घर नजिकै घाँस काटिरहेको समयमा बरालले जबरजस्तीकरणी गरेको भन्ने आरोप सहित आफन्तले जाहेरी दिए पछि बराललाई पक्राउ गरिएको र घटनाका सम्बन्धमा अनुसन्धान सुरु गरिएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जानकारी दिएको छ ।

पक्राउ परेका बराल बिरुद्ध जबरजस्तीकरणीको मुद्धा दर्ता गरि जिल्ला अदालतबाट म्याद थप गरेर अनुसन्धान सुरु गरिएको प्रहरी निरिक्षक कैलाशकुमार अधिकारीले जानकारी दिनुभयो ।

प्रतिक्रिया

सम्बन्धित ख

ताजा समाचार

लोकप्रिय

error: Content is protected !!