एमाले अध्यक्ष केपी शर्मा ओलीले माधव नेपालको पछि लागेर भविष्य बर्बाद नपार्न भन्दै कार्यकर्ताहरुलाई पार्टीमा फर्कन अपील गरेका छन् ।
माधव नेपाल बाहेकलाई पार्टीमा आउन ओलीले अपील गरे । माधव नेपालले अपराधकर्मको नेतृत्व गरीरहेको भन्दै उनले कटाक्ष गरे । अखिल नेपाल महिला संघको बैठकलाई संवोधन गर्दै ओलीले लामो समय माधव नेपालको आलोचनामै समय खर्चिए ।
पार्टीमा फर्किनेलाई क्षमा गर्ने पनि अध्यक्ष ओलीको भनाई छ ।







