काठमाडौं, ९ साउन । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र एमाले वरिष्ठ नेता माधवकुमार नेपालबीच आज भेटवार्ता भएको छ ।

एमालेको आन्तरिक एकता कायम गर्न अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता नेपालबीच वार्ता गराउने प्रयास तीन दिनदेखि असफल भइरहेका बेला माओवादी अध्यक्ष प्रचण्डले नेता नेपाललाई भेटेका हुन् । पछिल्लो समय एमालेमा एकता को चर्चा चलेलगत्तै नेता नेपाललाई भेट्न प्रचण्ड नेपाल निवास कोटेश्वर पुग्ने गरेका छन् । आज पनि प्रचण्डले कोटेश्वर पुगेर नेपाललाई भेटेका हुन् ।

भेटमा दुई नेताबीच सत्तारुढ गठबन्धनलाई कायमै राख्ने बारेमा छलफल भएको बताईएको छ । माधव नेपालसँगको भेटमा प्रचण्डले शुक्रबारको भाषणका लागि ‘धन्यवाद’ समेत दिएका थिए । केपी ओलीलाई महाराजधिराज भनेकोमा आफूले धन्यवाद दिएको प्रचण्डको भनाई छ ।

प्रचण्डले माधव नेपाल समूहसँग आफ्नो भावनात्मक सम्बन्ध रहेको भन्दै चाँडै केपी ओलीलाई एमालेहरूले चिन्ने र माधव नेपालकै नेतृत्वमा एमाले आउने दावी समेत गरे ।

आजै भएको एक कार्यक्रममा प्रचण्डले सत्तारुढ गठबन्धन टुटाउन प्रतिक्रियावादी शक्तिहरू लागि परेको आरोप लगाएका थिए ।

नरबहादुर कर्मचार्यको आठौं स्मृति दिवसका अवसरमा आज काठमाडौमा भएको कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष दाहालले गठबन्धन टुटाउन कमजोरीमा खेल्न खोजिरहेको दाबी गरे ।

उनले गठबन्धन टुटाउन प्रतिक्रियावादीहरू लागिपरेकाले गठबन्धन बनाउन महत्वपूर्ण भूमिका खेलेका साथीहरू ढलेको टिप्पणी समेत गरे ।

प्रतिक्रिया

सम्बन्धित ख

ताजा समाचार

लोकप्रिय

error: Content is protected !!