८ श्रावण, ताप्लेजुङ ।

नेपाली कांग्रेसको आसन्न १४औं महाधिवेशनमा ताप्लेजुङ फुङ्लिङका नगरसमितिको सभापतिमा युवा नेता सुरेश सिङ्घकले आफ्नो उम्मेद्बारी दिने घोषणा गरेका छन् । नगर सभापतिको उमेदवारी घोषणासँगै चुनावी प्रचार अभियानलाई पनि तीब्र पारिएको उनले बताए ।

राजनीतिलाई समाजसेवाको रूपमा हेरिनुपर्ने सिङ्घकको भनाइ छ । उनले भने, ‘मैले राजनीतिमार्फत समाजसेवा गर्ने अठोट लिएको छु र गर्दै आएको ज्यालन्त उदाहरण पनि समाजमा छर्लङ्ग छ।’

आफ्नो गाउँ तथा क्षेत्रमा अप्ठेरोमा परेकाहरूलाई सकेको सहयोग गर्दै आफ्नो पार्टीभित्र र बाहिरसमेत राम्रो छवि बनाएका सिङ्घक यस पटकको अधिवेशनमा आफ्नो जित सुनिश्चित हुने दावी गर्छन् ।

विसं २०५१ सालदेखि नेविसंघबाट नेपाली कांग्रेसको संगठनमा सक्रिय सुरेश सिङ्घक अहिले फुङ्लिङ नगरपालिकाको नगर सचिब छन् ।

सिङ्घक नेपाली काङ्ग्रेसको ११ औं महाधिवेशनमा नगर कोषाध्यक्ष, १२ औं महाधिवेशनमा नगर सचिव र १३ औं महाधिवेशनमा समेत नगर सचिवमा नै रहि आफ्नो राजनीतिक कार्यकाल ब्यतित गरिसकेक छन्।

राजनीति र समाज सेवामा स्वच्छ छवि बनाएका सिङ्घक आफूले नगरको नेतृत्व पाए पार्टी संगठनलाई सुदृढ र चलायमान बनाउने बताउँछन् ।राजनीति इतिहास हेर्ने हो भने उनको परिवार नै कांग्रेसको राजनीतिमा सक्रीय रहेको छ।

प्रतिक्रिया

सम्बन्धित ख

ताजा समाचार

लोकप्रिय

error: Content is protected !!