६ श्रावण, ताप्लेजुङ । ताप्लेजुङको फुङलिङ नगरपालिका ९ हाङदेवाको एउटै टोलमा २३ जना कोरोना संक्रमित भेटिएका छन । बुधवार विहान फुङलिङ नगरपालिकाले ८२ जनाको परिक्षण गर्दा १३ महिला र १० पुरुषमा संक्रमण देखिएको नगरपालिका प्रमुख छत्रपति प्याकुरेलले वताए । आशाङपार्टी स्कुल आसपासमा गरिएको परिक्षणमा यत्तिको संख्यामा संक्रमित भेटिएका हुन । ३८ महिला र ४४ पुरुषमा परिक्षण गरिएको थियो । हाङदेवाकै ८१ वर्षिय पुरुषलाई आजै थप उपचारकालागी हेलिकप्टर वाट काठमाण्डौ लगिएको छ । कोरोेना सक्रमित उनलाई काठमाण्डौं काभिड अस्पताल भर्ना गरिएको छ । वडाध्यक्ष तारा बराल संक्रमितलाई परामर्स लगायतको सहयोग गरिएको र स्थानियलाई हिडडुल नगरिदिन अनुरोध गरिएको वताउछन । हामिले अनुरोध गरेका छौं, सबैले सुरक्षित बित्रिले यस्को सामना गर्नुपर्ने भएकाले स्वास्थ्य सावधानी अपनाइदिन अनुरोध गर्दछौं वरालले भने ।







