५ श्रावण, ताप्लेजुङ ।
योगदान राष्ट्रका लागि कार्यक्रमले ताप्लेजुङको फुङलिङ नगरपालिका र सञ्चारकर्मीलाई हिजो कोरोना संक्रमण बाट बच्नका लागि स्वास्थ्य सामग्री हस्तान्तरण गरेको छ ।
समितिका अध्यक्ष दावा छिरिङ शेर्पाले फुङलिङ नगरपालिका प्रमुख छत्रपति प्याकुरेल र पत्रकार महासंघका अध्यक्ष आनन्द गौतमलाई सामग्री हस्तान्तरण गर्नुभएको हो ।
बितरण गरिएका सामाग्रीहरुमा मास्क, सेनिटाइजर, फेससिल लगायतका सामग्री रहेका छन् ।
काठमाण्डौमा दर्ता भइ देशभर सञ्चालित संस्थाले प्राथमिक उपचार विधि लगायतका क्षेत्रमा काम गर्दै आएको छ । शेर्पाका अनुसार निकट भविष्यमा ताप्लेजुङको दोभान बजारका अग्नी पीडितलाई राहत वितरण लगायतको कार्यक्रम रहेको छ । गत बर्ष मात्रै ताप्लेजुङका एक सय ५० वढीलाई प्राथमिक उपचार बिधि र स्वास्थ्य सामग्री बितरण गरेको संस्थाका जुनिता ओझाले जानकारी दिनुभयो ।







