
२२ पुस, ताप्लेजुङ।
ताप्लेजुङको फुङ्लिङ नगरपालिकामा ट्याक्टर र मोटरसाइकल एक आपसमा ठोक्किएर दुर्घटना भएको जि. ट्रा. प्रहरी जवान दल ब. बिष्टले जानकारी दिनुभएको छ। सदरमुकाम फुङ्लिङबाट गोलियाको लोड बोकेर जादै गरेको ना ७ त १५६५ नम्बरको ट्याक्टर र झापाबाट आउदै गरेको को ३२ प ५९३८ नम्बरको मोटरसाइकल एक आपसमा जुधि मोटरसाइकल ट्याक्टरमुनि छिरेको थियो । मोटरसाइक ओभर ट्याग गरि आउने क्रममा मेची राजमार्गको फु न पा ७ स्थित काम्बाङ धारा अगाडि करिब ९:४५ बजे दुर्घटना भएको हो। दुर्घटनामा मोटरसाइकल चालक घाइते भएका छन् ।घाइतेको नाम ठेगाना भने खुल्न सकेको छैन। दुर्घटना पछी मोटरसाइकल चालकलाई तत्काल उपचारको लागि अस्पताल पठाइएको बिष्टले जानकारी दिनुभएको छ।