२ श्रावण, ताप्लेजुङ । ताप्लेजुङमा शनिबार १८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

सिदिङवा गाउँपालिकामा यो समाचार तयार पार्दासम्म ७७ जनाको परीक्षण हुँदा १५ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय ताप्लेजुङका तथ्याङ्क अधिकृत हेमराज कठायतले जानकारी दिनुभयो । उहाँका अनुसार जिल्ला अस्पतालमा १० जनाको परीक्षण गर्दा ३ जनामा पुष्टि भएको छ । यो सहित जिल्लामा हालसम्म सक्रिय संक्रमितको संख्या ५ सय ४ जना पुगेको छ । त्यस्तै १ हजार ६३ जना निको भएका छन् ।

यसैबीच जिल्ला प्रशासन कार्यालयले शुक्रबार सार्वजनिक गरेको तथ्याङ्क अनुसार जिल्लामा हालसम्म कोरोना विरुद्धको पहिलो मात्राको खोप लगाउनेको संख्या १९ हजार ९ सय ३१ रहेको छ । जसमध्ये १४ हजार १ सय ९१ कोभिशिल्ड र ५ हजार ७ सय ४० जनाले भेरोसेलको खोप लगाएका हुन् । यस्तै दोश्रो मात्रा लगाउनेको संख्या ३ हजार ५ सय ३७ रहेको छ । कोभिशिल्डको २ हजार १ सय ५९ लगाएका छन् भने भेरोसेलको ३ हजार ५ सय ३७ जनाले लगाएको तथ्याङ्कमा उल्लेख छ । तथ्याङ्ककका अनुसार जिल्लामा कोरोनाको दोश्रो भेरियन्ट सुरुभए यता १४ जनाले ज्यान गुमाएका छन् ।

थप १८७५ जनामा कोरोना संक्रमण पुष्टि
पछिल्लो २४ घण्टामा १८७५ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालामा १० हजार ६६ नमुना परीक्षण गर्दा उनीहरुमा संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा २१६४ जना संक्रमणमुक्त भएका छन् भने २१ जनाको मृत्यु भएको छ । यससँगै मृतकको संख्या ९५२७ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

प्रदेश १ मा ४६९ संक्रमणमुक्त, १६१ संक्रमित थपिए
प्रदेश १ मा आज ४६९ जना कोरोना संक्रमणमुक्त भएका छन् । संक्रमणमुक्त हुनेमा २०५ महिला र २६४ पुरुष रहेका छन् । हालसम्म संक्रमणमुक्त हुनेको संख्या ७० हजार ८५३ पुगेको छ । प्रदेश १ मा आज १६१ जना कोरोना संक्रमित थपिएका छन् । ६७९ जनाको पीसीआर परीक्षण गर्दा ७१ म्हिला र ९० पुरुषको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार सुनसरीमा ९२, मोरङमा ३४, झापामा २३, धनकुटामा ६, भोजपुर, उदयपुर र ते¥हथुममा १–१ र प्रदेश १ बाहिरका ३ जनामा संक्रमण पुष्टि भएको छ । प्रदेश १ मा कोरोना संक्रमितको संख्या ७७ हजार ९३७ पुगेको छ । सक्रिय संक्रमितको संख्या ५ हजार ६३७ रहेको मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित ख

ताजा समाचार

लोकप्रिय

error: Content is protected !!