२ श्रावण, ताप्लेजुङ। जिल्ला ट्राफिक प्रहरी कार्यालय ताप्लेजुङले आर्थिक वर्ष २०७७/०७८ मा सात लाख बढि राजश्व संकलन गरेको ट्राफिक कार्यालय ताप्लेजुङका प्रमुख रोहित थापाले जानकारी दिनुभएकोछ ।

मादकपदार्थ सेवन गरी सवारी चलाउने, जथाभावी सवारी पार्किङ गर्ने, तोकिएको भन्दा बढी भाडा लिने लगायतका कारवाहीबाट राजश्व सङ्कलन गरेको हो ।

१ हजार ८५ वटा सवारी साधनलाई कारबाही गर्दा ७ लाख ३८ हजार ५ सय रुपैयाँ राजश्व संकलन भएको ट्राफिक प्रहरी कार्यालय ताप्लेजुङका प्रहरी जवान सागर दाहालले जानकारी दिनुभयो ।

आव ०७६/७७ १ हजार १ सय ५० सवारीसाधनलाई कारबाही गर्दा ६ लाख ९८ हजार ५ सय रुपैयाँ राजश्व संकलन भएको थियो ।

कारबाहीमा पर्ने सवारी साधनमा सवैभन्दा बढि मोटरसाईकल रहेका छन् । दाहालका अनुसार मोटरसाईकल ६ सय वटा, जीप २ सय ७५ वटा, ट्रयाक्टर १ सय ४९ वटा, ट्रक ४२ वटा र अटो १९ वटा कारबाहीमा परेका हुन् ।

यसैविच यस अवधिमा साना ठूला गरि १७ वटा दुर्घटना हुँदा ५ जना पुरुषको घटनास्थल मै ज्यान गएको थियो भने २३ जना घाईते भएका थिए । घाईते हुनेमा २१ जना पुरुष, १ महिला र १ जना बालक रहेको प्रहरी जवान भिम खत्रीले बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित ख

ताजा समाचार

लोकप्रिय

error: Content is protected !!