३० असार, ताप्लेजुङ । ताप्लेजुङको फुङलिङ नगरपालिका वडा नम्बर ४ ले आजदेखि आफ्नै कार्यालय भवनबाट सेवा दिने भएको छ । वडा कार्यालयको भवन निर्माण सम्पन्न भई उद्घाटन भएसंगै आजैदेखि वडाका सम्पुर्ण सेवा उक्त भवनबाट दिईने वडाध्यक्ष जीतेन चेम्जोङले बताउनुभयो ।
फुङलिङको पुरानो बैंक लाईन नजिकै रहेको नव निर्मित भवनको बुधबार विहान नगरप्रमुख छत्रपति प्याकुरेल, उपप्रमुख बमबहादुर भट्टराई (तारा) प्रमुख प्रशासकिय अधिकृत बद्रीकुमार कार्कीले संयुक्त रुपमा उद्घाटन गरेका थिए । एउटा हल सहित ८ कोठे पक्कि भवन कुल ५२ लाख ९० हजार ५१२ रुपैँयाको लागतमा छोटो अवधिमै निर्माण भएको हो ।
भवन निर्माणका लागि फुङलिङ नगरपालिकाले २६ लाख ७५ हजार ८३ रुपैँया र जिल्ला समन्वय समितिले २६ लाख १५ हजार ८२९ रुपैँया दिएको थियो । अघिल्लो वर्षको कार्तिकमा डेविट निर्माण सेवा संग भवन निर्माणका लागि सम्झौता भएको थियो ।
कन्चनजङ्घा न्युज डट कम २०७७ मङ्सिर ५ गतेबाट कन्चनजङ्घा मिडिया नेटवर्कद्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । सत्य तथ्य, अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।







