गायक तथा इन्जिनियर बीरेन्द्र श्रेष्ठ र गायिका एलिना चौहानको आवाजमा नयाँ गीत ‘घर तिम्रो कता पर्यो ?’ सार्वजनिक भएको छ । जिवेशसिं गुरुङ्ग र बर्षा शिवाकोटिको अभिनय रहेको उक्त गितको भिडियोमा माया प्रेमको सामिप्यलाई देखाउन खोजिएको छ । दिपक शर्माको सङ्गीत रहेको उक्त गितको भिडियोलार्इ रुपेश थापाले निर्देशन गरेका छन् ।
पछिल्लो समय चर्चित कलाकारलाई लिएर काम गरिरहेका गायक तथा ई. बीरेन्द्र श्रेष्ठको यो गीत पहिले नै दर्शक श्रोताले रुचाएको घर हाम्रो लेकैमाको रिमेक भएको गायक श्रेष्ठले बताएका छन् । श्रेष्ठसँग नायक दिपिल रायमाझी, पल शाह लगायत चर्चित कलाकार संगै काम गरेको अनुभव समेत छ । श्रेष्ठले जाले रुमाल, पिरिमको बाढि जस्ता चर्चित सांगितिक कोशेलीसमेत पस्केका छन् ।
भर्खरै सार्वजनिक भएको गितको भिडियो आहा युट्युव च्यानलमा हेर्न सकिन्छ ।







