ताप्लेजुङ । ताप्लेजुङमा सोमबार १६ जनालाई कोरोना संक्रमण पुष्टि भएको छ ।

जिल्लाको विभिन्न स्थानमा १ सय १ जनाको परीक्षण गर्दा १६ जनाको एन्टिजेन पोजेटिभ देखिएको स्वास्थ्य कार्यालय ताप्लेजुङका तथ्याङ्क अधिकृत हेमराज कठायतले जानकारी दिनुभयो । उहाँका अनुसार फुङलिङ नगरपालिकाले हुलाक लाईनमा रहेका संकास्पद ४५ महिला सहित ९० जनाको परीक्षण गर्दा १३ जनाको एन्टिजेन पोजेटिभ देखिएको छ । पाजेटिभ हुनेमा ७ महिला र ६ जना पुरुष रहेका छन् ।

यस्तै जिल्ला अस्पतालमा ८ जनाको परीक्षण गर्दा ३ जनालाई संक्रमण पुष्टि भएको छ । पाथीभरा याङवरक गाउँपालिकामा फलोअप १ सहित ३ जनाको परीक्षण गर्दा सबैजनाको रिपोर्ट नेगेटिभ आएको छ । यो सहित जिल्लामा सक्रिय संक्रमितको संख्या ७ सय ८० पुगेको छ भने ५ सय ३१ जनाले मात्र कोरोनालाई जितेको स्वास्थ्य कार्यालय ताप्लेजुङले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित ख

ताजा समाचार

लोकप्रिय

error: Content is protected !!