काठमाडौं – सत्तारुढ दल नेकपा एमालेको स्थायी कमिटी बैठक सकिएको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीको सरकारी निवास बालुवाटारमा बसेको बैठकले महाधिवेशन आयोजक कमिटीलाई केन्द्रीय कमिटीमा रुपान्तरण गर्ने निर्णय गरेको छ ।
मंगलवार बसेको ओली पक्षीय स्थायी कमिटी बैठकले महाधिवेशन आयोजक कमिटीलाई केन्द्रीय कमिटीमा रुपान्तरण गर्ने निर्णय गरेको छ ।
बैठकले असार १८ गते केन्द्रीय कमिटीको बैठक बोलाउने तयारी गरेको पार्टी प्रवक्ता प्रदीप ज्ञवालीले बताएका छन् ।
प्रवक्ता ज्ञवालीले पार्टीका धेरै विषय १८ गतेको केन्द्रीय कमिटी बैठकबाट टुंग्याइने जानकारी दिए ।
नेता माधवकुमार नेपाल पक्षले पार्टीलाई २०७५ जेठ २ गतेको अवस्थामा फर्काउनुपर्ने माग राख्दै आएको छ ।







