
१३ पुस, ताप्लेजुङ। सरकारको सिफारिसमा राष्ट्रपतिले गरेको संसद विघटनको विरुद्धमा देशव्यापी रुपमा प्रदर्शन जारि रहेको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीको कदमविरुद्ध प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेस सोमबार देशभर प्रदर्शन गरेको छ । जसअनुसार ताप्लेजुङमा पनि काँग्रेसले प्रदर्शन गरेको छ । प्रधानमन्त्री ओलीले प्रतिनिधिसभा विघटन गरेको विरोधमा काँग्रेसले सडकबाट प्रदर्शन गरेको हो ।
पुरानो बैंक लाइनमा रहेको पार्टी कार्यालयबाट निकालिएको प्रदर्शन नगर परिक्रमा पछि बीरेन्द्रचौकमा पुगेर कोणसभामा परिणत भएको थियो । बिरोध प्रदर्शनमा नेपाली काँग्रेसका महासमिति सदस्य केशवप्रसाद दाहाल,प्रदेशसभाका सांसद प्रताप प्रकाश हाङ्गाम,महासमिति सदस्य गजेन्द्र तुम्याहाङ,जिल्ला उपभापति मणिप्रसाद लाबुङ,सचिव छविरमण गुरुङ,तरुण दल,नेपाल महिला संघ र नेपाल बिद्यार्थी संघ सहितका भातृ संस्थाका अगुवाहरुको उपस्थिति रहेको थियो ।