एजेन्सी । उत्तर कोरियाका शासक जोङ उनको जिवन रहस्यले भरिएको छ । पश्चिमा मिडियाले उनीवारे विभिन्न अनुमान गरेर समाचार प्रकाशन गर्ने गरेका छन् । तर ति कतिपय समाचार झुटा सावित हुने गरेका छन् । हालै एक सरकारी मिडियाले सर्वोच्च नेता किम जोङ उन दुब्लाएपछि जनताको दुखी भएर रोएको समाचार सार्वजनिक गरेको छ ।

उनमा गम्भिर स्वास्थ्य समस्या भएकाले उनी निकै दुब्लो देखिएको समाचारमा जनाइएको छ । सरकारी टीभी च्यानल केसीटीभीमा प्रसारण गरिएको एक भक्स पपमा यस्तो दाबी गरिएको हो । मानिसहरूलाई किमको स्वास्थ्यका बारेमा सोधिएको थियो ।

अधबैंसे उमेरका एक व्यक्तिले समाचार प्रतिनिधिसंग बोल्दै देशवासीहरूको प्रतिनिधित्व गर्दै सबैजना आफ्ना प्यारा नेताको तौल घटेकोमा दुःखी भएको बताए । उनले त्यसो भन्दा सुँक्क सुँक्क गर्दै थिए । उनले भने, ‘सम्मानित कमरेड महासचिव यसरी दुर्बल देखिएको तस्वीर हेरेर मानिसहरूको मुटु छि या छि या भएको छ । हामी रोइरहेका छौं ।’

धेरै महिनासम्म सार्वजनिक स्थानमा नदेखिएका किमको निकै दुब्लो तस्बिर सार्वजनिक भएको हो । उनले केही दिनअघि मात्र वर्कर्स पार्टीको एक बैठकलाई सम्बोधन गरेका थिए ।

पोहोर साल पनि उनी सार्वजनिक स्थानमा लामो समय नदेखिँदा उनको स्वास्थ्यका विषयमा चिन्ता व्यक्त गरिएको थियो । केही पश्चिमा मिडियाले उनको मृत्यु भएको दावी समेत गरेका थिए । तर पछि उनी सार्वजनिक भइसकेपछि पनि नक्कली किम भन्दै पनि समाचार आएको थियो । किमका पछिल्ला तस्वीरहरू हेर्दा उनको तौल अस्वाभाविक रूपमा घटेको विश्लेषण गरिँदैछ ।

किम परिवारका सदस्यमा मुटुरोगको समस्या देखिने गरेको छ । यस परिवारको स्वास्थ्यका विषयमा विदेशीहरूले खुबै चासो देखाउने गरेका छन् । एनके न्युजका वरिष्ठ संवाददाता कोलिन ज्विर्कोका अनुसार, किम लामो समयसम्म नेता रहिरहनका लागि स्वस्थ छन् कि छैनन् भनी विदेशी गुप्तचर संस्थाहरूले चासो दिने गरेका छन् ।

प्रतिक्रिया

सम्बन्धित ख

ताजा समाचार

लोकप्रिय

error: Content is protected !!