१४ असार, ताप्लेजुङ । ताप्लेजुङको सिदिङवा गाउँपालिका–४ मिश्रटारमा मानव कङ्काल फेला परेको छ ।

स्थानीयले असार १२ गते पहिचान हुन नसक्ने सडेगलेको अवस्थामा कङ्काल भेटेपछि प्रहरीलाई खबर गरेका थिए । घटनास्थलमा सडेका हाड, निलो स्वीटर, रातो महिलाले लगाउने सुरुवाल, रातो सेतो चेक भएको सर्ट, ने.क.पा. एमाले लेखिएको सेतो भेष्ट, खैरो निलो धर्को भएको टाउजर, र कालो लामो कपाल फेला परेको प्रहरीले जनाएको छ ।

कङ्काल सनाखत गर्ने मानिस फेला नपरेको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रवक्ता कैलास अधिकारीले बताए । सनाखत, पोष्टमार्टमको लागि जिल्ला अस्पताल ताप्लेजुङको शव गृहमा राखिएको छ ।

प्रतिक्रिया

सम्बन्धित ख

ताजा समाचार

लोकप्रिय

error: Content is protected !!