१४ असार, ताप्लेजुङ। ताप्लेजुङमाा जारी निषेधाज्ञा आगामी असार २१ गते सम्मका लागि लम्बिएको छ ।

जिल्लामा आईतबार बसेको कोरोना नियन्त्रण तथा व्यवस्थापन समितिको बैठकमा कोरोना संक्रमणको दर अहिले नै घटि नसकेकाले निशेधाज्ञाको अवधि पुन असार २१ गते मध्यराती १२ बजे सम्मका लागि बढाइएको प्रमुख जिल्ला अधिकारी उमेश पाण्डेले जानकारी दिनुभयो । यसअघि थप गरिएको निषेधाज्ञा सोमबार राति १२ बजे सकिदै थियो ।

ताप्लेजुङमा केहिदिन यता संक्रमणको दर ह्वातै बढेको पाइन्छ । स्वास्थ्य कार्यालय तथ्याङ्क अनुसार हाल जिल्लामा सक्रिय संक्रमितको संख्या ६ सय ३ पुगेको छ । शनिबार एकैदिन ४० जनालाई संक्रमण पुष्टि भएको थियो । यस्तै आईतबार ४ महिलालाको एन्टिजने पोजेटिभ देखिएको स्वास्थ्य कार्यालयले जनाएको छ ।

संक्रमणको दर घट्नुको सट्टा बढ्दै गएकाले अहिले नै निषेधाज्ञा खुलाउनु उचित नभएको प्रजिअ पाण्डे बताउनुहुन्छ । उहाँका अनुसार निशेधाज्ञा थप भएपनि यसका सर्तहरु भने खुकुलो बनाइएको छ । साविक झैं बिहान ६ बजेदेखि दिउँसो १ बजे सम्म बजार पसल खुल्ने भएका छन् भने बचत संकलन बाहेक बैंक तथा बित्तीय संस्थाको कार्यालयको काम स्वास्थ्य सुरक्षाका मापदण्डको पूर्ण पालना गरेर सुरु गर्न सकिने भएको छ ।

आन्तरिक हवाइ उडान समेत सुरु हुन लागेकोले सदरमुका फुङलिङदेखि सुकेटार विमान स्थलसम्म जान र आउन निजी तथा भाडाका सवारी प्रयोग गर्न पाइने भएको छ । तर त्यसका लागि आउने–जाने मान्छेको टिकट अनिवार्य गरिएको छ । अन्य सवारी साधनको आवगमन माथिको प्रतिवन्ध भने कायम रहने प्रजिअ पाण्डेको भनाई छ ।

प्रतिक्रिया

सम्बन्धित ख

ताजा समाचार

लोकप्रिय

error: Content is protected !!