काठमाडौं । नेपाल विद्युत प्राधिकरणले फेरि लोडसेडिङ सुरु गरेको छ । प्राधिकरणले लोडसेडिङ गर्ने सम्बन्धि कूनै सूचना तथा जानकारी औपचारिक रुपमा सार्वजनिक नगरेपनि बत्ती दैनिक अवरुद्द हुनुले प्राधिकरणले अघोषित लोडसेडिङ सुरु गरेको होकि भन्ने अनुमान सर्वसाधारणले गरेका छन् ।

पछिल्लो केही दिनयता दैनिक बिजुलीको लाइन जान थालेपछि आम सर्वसाधारण नागरिकले फेरि लोडसेडिङ भएको होकि भन्ने आशंका गरेका हुन् । पछिल्ला केही दिनदेखि काठमाडाैं उपत्यकाका विभिन्न ठाउँमा बत्ती निभ्न थालेको छ ।

पछिल्लो केही दिन यता काठमाडौंको मैतीदेवी, घट्टेकुलो, ज्ञानेश्वर लगायतका ठाउँहरुमा रातिको समय बत्ती जान थालेको छ । करिब ८ बजे बन्द हुने लाइन ९ बजे फेरि आउन थालेको छ । केही दिन कुनै प्राविधिक कारणले लाइन गएको हुन सक्ने भएको भनेर बुझेका स्थानीयहरुले दैनिक बत्ती जान थालेपछि लोडसेडिङ फेरि सुरु भएको अनुमान गरेका हुन् ।

प्राधिकरण भने प्राविधिक कारणले बत्ती गएको हुन सक्ने बताउँछ । प्राधिकरणकी सूचना अधिकारी लिला अर्यालका अनुसार केही दिन मैतीदेवी घट्टेकुलोको ट्रान्सफर्मरमा केही समस्या देखिएकोले बत्ती गएको बताइन् । ‘त्यो क्षेत्रमा केही प्राविधिक समस्या थियो, यसलाई लोडसेडिङ नै भन्न मिल्दैन,’ उनले भनिन् ।

चुहावट पनि ह्वात्तै बढ्यो

यस वर्ष विद्युत चुहावट पनि बढेको छ । गत ४ वर्षदेखि घट्दै आएको विद्युत चुहावट चालु आर्थिक वर्षमा बढ्न थालेको तथ्यांकले देखाउँछ । चालु आवको तथ्यांकअनुसार गत असोजमा प्राधिकरणको प्रणालीबाट वितरण लाइनतर्फ १४.२९ प्रतिशत विद्युत चुहावट भएको छ । यो गत वर्षको असोजभन्दा २.३१ प्रतिशत बढी हो । गत वर्षको असोजमा वितरण लाइनतर्फको चुहावट ११.९८ प्रतिशत थियो ।

भारतबाट आयात पनि वृद्धि

पछिल्लो समय नेपालमा भारतबाट बिजुली आयात पनि बढ्दै गएको छ । गत महिनाको तुलनामा यो महिना बिजुली आयात ह्वात्तै बढेको हो । गत महिना मंसिर ५ गते जम्मा ६ लाख युनिट विद्युत भारतबाट आयात भएकोमा पुस २ गते ८६ लाख ५३ हजार युनिटभन्दा बढी विद्युत आयात भएको छ ।

यो परिमाण विद्युत प्राधिकरण र निजी क्षेत्रका प्रवद्र्धकले उत्पादन गर्ने विद्युतको भन्दा धेरै हो । अहिले विद्युत प्राधिकरणको ८० लाख युनिट विद्युत आपूर्ति हुँदा निजी क्षेत्रको ७८ लाख युनिट विद्युत राष्ट्रिय प्रणालीमा आपूर्ति भइरहेको छ ।

खपत पनि बढ्यो

अहिले चिसो बढेसँगै बिजुली खपत पनि बढेको छ । एक महिनाको अवधिमा दैनिक विद्युत खपत ६० लाख युनिटले बढेको छ । मंसिरको सुरुवातमा दैनिक एक करोड ८० लाख युनिट हाराहारी मात्रै विद्युत खपत हुने गरेकोमा पुसको सुरुवातसँगै विद्युत खपत साढे दुई करोड युनिट खपत हुने गरेको प्राधिकरणले जनाएको छ । Bikhas khabar

प्रतिक्रिया

सम्बन्धित ख

ताजा समाचार

लोकप्रिय