९ असार, ताप्लेजुङ ।
ताप्लेजुङको फुङ्लिङ नगरपालिका वाड नं.५ मा रहेको लिटल बुद्ध आवाशिय माविमा गठित सगरमाथा टिन्स क्लबको आयोजनामा वृक्षारोपण सम्पन्न गरिएको छ ।

फुङ्लिङ नगरपालिकको तोक्मे नर्सरी सामुदायिक वनमा वृक्षारोपण गरिएकोे लिटल बुद्ध आवाशिय माविका प्रिन्सीपल युवराज गिरीले जानकारी दिनुभयो । वृक्षारोपण कार्यक्रममा ३५ ओटा लालीगुँरास र ७० ओटा अन्य विभिन्न जातका सल्ला, चाप लगायतका विरुवा रोपिएको छ ।

जुन ५ मा विश्व वातावरण दिवसको दिन गर्ने भनिएको उक्त कार्यक्रम कोरोना माहामारीका कारण रोकिएको थियो । कार्यक्रममा तोक्मे सामुदायिक वन हुँदै सुकटे सुकेटार जाने पैदल बाटोे समेत सरसफाई गरिएको छ । सरसफाईलाई मध्यनजर गर्दै विद्यालय हातमा ७ ओटा डस्टविन राखिएको छ भने ८ ओटा डस्टविन विभिन्न संघसंस्थालाई वितरण समेत गरेको े प्रिन्सीपल गिरीले जानकारी दिनुभएको छ ।

कार्यक्रममा फुङ्लिङ नगरपालिकाका मेयर छत्रपति प्याकुरेल, डिविजन वन अधिकृत विरेन्द्र शाह, जिल्ला प्रहरी कार्यलयका प्रहरी नायव उपरिक्षक बलनरसिंह राणा, ताप्लेजुङ पत्रकार महासंघका अध्यक्ष आनन्द गौतम, सगरमाथा टिन्स क्लबका मुख्य प्रशिक्षक रमेश घिमिरे लगायत विभिन्न संघसंस्थाका प्रमुख तथा प्रतिनिधिहरुको उपस्थितिमा सम्पन्न भएको प्रिन्सीपल गिरीले बताउनु भएको छ ।

प्रतिक्रिया

सम्बन्धित ख

ताजा समाचार

लोकप्रिय

error: Content is protected !!