
पुष ९,ताप्लेजुङ । संसद विघटन गरेको विरोधमा जनता समाजवादी पार्टी (जसपा)ले ताप्लेजुङमा प्रदर्शन गरेको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले अवैधानिक रूपमा प्रतिनिधि सभा विघटन गरेपछि बुधबार ताप्लेजुङमा जसपाले सडक विरोध प्रर्दशन गरेको हो ।
संसद विघटन गर्ने प्रधानमन्त्रीको प्रस्ताव र स्वीकृत गर्ने राष्ट्रपतिको निणर्य असंवैधानिक, लोकतन्त्रविरोधी भएको उनीहरूको दाबी छ ।बिरोध प्रदर्शन फुङ्लिङ बजार परिक्रमण गरि बिरेन्द्र चौकमा कोणसभामामा परिणत भएको थियो।कीर्तिमान मादेन, एमबी लामा, दुर्गा न्यौपानेले कोणसभालाई सम्बोधन गर्नु भएको थियो।