कास्की – गण्डकी प्रदेशका नव नियूक्त मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले विश्वासको मत लिएर मात्रै मन्त्रिपरिषद विस्तार गर्नु हुने भएको छ ।

पोखरेलले असार ४ गते शुक्रबार प्रदेशको आठौं अधिवेशनको १४ औं बैठक बस्ने कार्यक्रम रहेकाले सोही बैठकबाट विश्वासको मत लिने र त्यस पछिमात्रै प्रदेशको थप मन्त्रिपरिषद् विस्तार गरी कामको बाँडफाड गर्ने तैयारी भैरहेको मुख्य मन्त्री कार्यालयको जानकारी छ ।

हाल गण्डकी प्रदेशमा मुख्य मन्त्री कृष्णचन्द्र नेपाली पोख्रेल सहित नेपाली कांग्रेसका कुमार खड्का, नेकपा माओवादी केन्द्रका मधुमाया अधिकारी, जनता समाजवादी पार्टीका हरिशरण आचार्य र स्वतन्त्र सांसद राजीव गुरुङले यस अघिनै बिना बिभागीय मन्त्रीका रुपमा सपथ ग्रहण गरिसक्नु भएको छ ।

गत जेष्ठ २९ गते मुख्य मन्त्रीमा नियूक्त हुनुभएका पोखरेलले सबै मन्त्रालयको जिम्मेवारी आँफूसँगै रहेकाले ३० दिन भित्र विश्वासको मत लिनु पर्ने भएपनि अन्य मन्त्रालय बाट हुने दैनिक कार्यलाई छिटो छरितो बनाउनका लागि ४ गते नै विश्वासको मत लिएर अघि बढ्नका लागी प्रदेश सभा सचिवालयमा सूचना दर्ता भइसकेको जनाइएको छ ।

प्रदेशको असार १ गते प्रस्तुत भएको बजेटमाथि ४ गतेको बैठकमा छलफल प्रारम्भ हुने कार्यक्रम रहेको जनाइएको छ ।

प्रतिक्रिया

सम्बन्धित ख

ताजा समाचार

लोकप्रिय

error: Content is protected !!