
८ पुस, ताप्लेजुङ ।
फुङ्लिङ नगरपालिकाको आर्थिक सहयोगमा र ताप्लेजुङ नेत्रहीन संघ ताप्लेजुङको आयोजनामा ताप्लेजुङमा रहेका दृस्टीबिहिनहरुलाई आयस्तर वृद्धि गर्न १० जनालाई झोल साबुन बनाउने सीप विकास तालिम सन्चालन गरिएको छ।
पौष ५ देखि पौष ९ गतेसम्म संचालन हुने उक्त तालिमको सहजीकरण पाथीभरा क्याम्पसका प्राध्यापक तथा रेडियो तमोरका स्टेसन मेनेजर सजन पौडेलले गर्नु भएको छ ।
हाेटल, व्यवसाय, उद्योग, अस्पतालमा झोल साबुनको प्रयोग भइरहेको र बजारमा माग अत्याधिक रहेकोले प्रयोग गर्न समेत सजिलो हुने साबुन निर्माण गरि कम लागतमा बढी आम्दानी गर्न सकिने पौडेलले जानकारी दिनुभयो ।
दृस्टीबिहिनलाई आत्मनिर्भर बन्नका लागि तथा नेतृत्व विकास गर्नका लागि तालिम संचालन गरिएको हो।