३१ जेठ । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी एमाले भित्रको विग्रहले नयाँ मोड लिने संकेत मिलेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले जेठ २ २०७५ अघिकै संरचना सम्भवतः स्थायी कमिटीको बैठक बोलाउने तयारी थालेको नेताहरूले बताएका छन् ।

स्रोतका अनुसार गण्डकी प्रदेशको धक्कापछि प्रधानमन्त्री असन्तुष्ट पक्षको नेतृत्व गरिरहेका झलनाथ खनाल र माधवकुमार नेपाल समूहसँग मिलेर अघि बढ्न र विवाद साँघुर्‍याउन तत्पर देखिएको ओलीनिकट नेताहरूले बताएका छन् ।

बरिष्ठ नेता माधव नेपाललाई केपी ओलीले एकाबिहानै फोन गरेर यही प्रस्तव राखेको स्रोतको दाबी छ । फेनमा ओलीले नेपाललाई स्थायी कमिटी बोलाउँछु आउने हो ? भनी सोधेको भनिएको छ । तर, नेता नेपालबाट के जवाफ आएको हो खुलाइएको छैन् ।

प्रधानमन्त्री ओलीले पार्टी एकता अघि जेठ २ को संरचनाको बैठक बोलाउन स्थायी कमिटी आह्वान गर्न लागेको ओलीनिकट एक नेताले बताए ।प्रधानमन्त्री निकट नेता सुवासचन्द्र नेम्वाङले पनि जेठ २ अघिको कमिटीको बैठक बोलाउनेबारे छलफल भइरहेको स्वीकार गरे । उनले यसबारेमा मूर्त धारणा बनिनसकेको र छलफलकै चरणमा रहेको पनि जानकारी दिए ।

“सल्लाह हुँदैछ । टुङ्गोमा पुगिसकेका छैनौँ,” सङ्क्षिप्त कुराकानीमा उनले यतिमात्रै भने ।स्थायी कमिटी बैठक बोलाउने तयारी भइरहे पनि मिति तय भइनसकेको उनले जानकारी दिए ।

प्रतिक्रिया

सम्बन्धित ख

ताजा समाचार

लोकप्रिय

error: Content is protected !!