३० जेठ,ताप्लेजुङ । ताप्लेजुङमा असार ७ गते सम्मका लागि निषेधाज्ञाको अवधी थप गरिएको छ । कोरोना संक्रमणको अवस्थामा उल्लेख्य सुधार आईनसकेकाले छैटौँ पटक अवधी थप गरिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।यस अघि थपिएको अवधी सोमबार राती सकिदै थियो । निषेधाज्ञा थप गरिए पनि केहि सर्तलाई भने खुकुलो बनाईएको छ । यस अघि विहान ६ देखि १० बजे सम्म खुल्दै आएका खाद्यान्न लगायतका पसलहरु मध्यान्नह १२ बजे सम्म खुल्ने भएकाछन् । स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गरि मोटर साईकलका वर्कसप सहित अन्य पसलहरु खोल्न दिईने प्रमुख जिल्ला अधिकारी उमेश पाण्डेले जानकारी दिनुभयो ।यता विदाका दिन बाहेक हरेक दिन बैंकहरु समेत खुल्ने भएकाछन् । विहान १० बजेदेखि २ बजे सम्म खुल्ने भएकाहुन् । यस्तै अत्यावस्यक कामका लागि सरकारी कार्यालयहरु पनि सञ्चालन हुने भएकाछन् । यातायात, शैक्षिक संस्था भने बन्द नै रहनछन् । निषेधाज्ञाभर अनावस्यक हिँडडुल नगर्न साथै भिडभाडजन्य गतिविधि नगर्न प्रशासनले अनुरोध गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित ख

ताजा समाचार

लोकप्रिय

error: Content is protected !!