३० जेठ,ताप्लेजुङ । ताप्लेजुङमा पहिलो पटक भुवादार जापानी तितेपाती व्यवसायीक खेतीको सुरुवात गरिएको छ । थोरै लगानीमा आम्दानी लिन सकिने तथा प्रयोग विहिन जमिनलाई सदुपयोग गर्ने लक्ष्यका साथ यसको खेतीको सुरुवात गरिएको हो ।

पाथीभरा याङ्वरक गाउँपालिका–१ नाङ्खोल्याङका सनम गुरुङले तितेपातिको व्यवसायीक खेती सुरु गरेका हुन् । छोटो समयमा उत्पादन हुने तथा विभिन्न जडीबुटीका लागि बजार माग समेत राम्रो भएकाले यो खेतीको सुरुवात गरेको उनले बताएका छन् । उनिहरुले करिव २४ रोपनी क्षेत्रफलमा ९६ हजार बिरुवा लगाइ तितेपातीको खेती सुरु गरेका हुन् ।

अहिले २४ रोपनी क्षेत्रफलमा परिक्षणको रुपमा लगाएको र राज्यको तर्फबाट आवश्यक आर्थिक तथा प्राविधिक सहयोग भएमा थप ६० रोपनी क्षेत्रफलमा विस्तार गर्ने योजना रहेको कृषक गुरुङले जानकारी दिए । तितेपातीलाई प्रत्येक १५ देखि २० दिनमा संकलन गर्न सकिने गुरुङको भनाइ रहेको छ । कच्चा पदार्थको रुपमा यसको सुकेको पात तथा डाँठ प्रतिकेजी रु ५० मा विक्री हुने उनको भनाइ छ ।

कृषक गुरुङले भने, ‘मैले गत पुस महिनाबाट व्यवसायिक खेती शुरु गरेका हो र अहिले २ लाखको बिरुवासमेत बेचिसकेको छु ,मैले करिब ९६ हजार विरुवा लगाएकको छु, कच्चा पदार्थ प्रतिकेजी रु.५० देखि ६० रुपैयासम्ममा बिक्री हुन्छ ।’ डिभिजन वन कार्यालय ताप्लेजुङले जिल्लामा यसको विस्तारका लागि भने कुनै आवश्यक चासो नदेखाएको गुरुङको गुनासो रहेको छ ।

बाँदर लगाएत अन्य बन्यजन्तुको कारण स्थानीय बसाई सर्दा धेरै जमिन बाँझिदै गएकोले तितेपातीको खेतीलाई विस्तार गर्न सके स्थानीयको आर्थिक विकासमा टेवा पुग्ने युवा कृषक गुरुङको भनाइ छ ।

प्रतिक्रिया

सम्बन्धित ख

ताजा समाचार

लोकप्रिय

error: Content is protected !!