ताप्लेजुङ, जेठ २८ गते । ताप्लेजुङमा खाद्यान्नमा भएको मूल्य वृद्धि रोक्न नेपाल विद्यार्थी संघले माग गरेको छ ।

निषेधाज्ञापछि उद्योग वाणिज्य संघले गरेको मूल्य वृद्धिले सीमित स्रोत साधनमा मजदुरी गरेर छाक टार्ने मजदुर र डेरा गरेर बस्ने विद्यार्थीलाई समस्या भएको भन्दै घटाउन माग गरेको हो । नेविसंघका फुङलिङ नगर सभापति अभय लिम्बुद्धारा हस्ताक्षरित विज्ञप्तिमा चौतर्फि मुल्य वृद्धि भइरहदा नगरपालिका भने मुकदर्शक बनेको आरोप लगाइएको छ ।

बजार अनुगमन गरेर कालोबजारी र महँगी नियन्त्रण गर्न र विपन्न परिवार र विद्यार्थीहरुलाई राहत दिन समेत नगर सरकार र प्रशासनसँग माग गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित ख

ताजा समाचार

लोकप्रिय

error: Content is protected !!