२७ जेठ, ताप्लेजुङ । हिमाली जिल्ला ताप्लेजुङमा बुधबारदेखि कोभिड १९ विरुद्धको भेरोसेल खोप लगाउन सुरु गरिएको छ ।
बुधबार वृद्धवृद्धा सहित २८८ जनाले भेरोसेल खोपको पहिलो डोज लगाएका छन् । जिल्ला अस्पतालबाट विहिबार भने १०७ जनाले उक्त खोप लगाएको जनस्वास्थ्य अधिकृत प्रतिमा खरेलले जानकारी दिनुभयो ।
यो पटक ताप्लेजुङमा १८ सय ५१ जनालाई कोरोना विरुद्धको भेरोसेल खोपको पहिलो मात्रा लगाइने स्वास्थ्य कार्यालयले जनाएको छ ।
चीन संगको सीमा जोडिएका क्षेत्रका बासिन्दालाई समेत भेरोसेल खोप लगाउने भनिए पनि अहिले उपलब्ध खोपले यहाँका सबैलाई नपुग्ने देखिएको छ ।चीनको सीमावर्तीका सबैलाई नपुग्ने भए पछि प्रदेश नम्बर १ को सामाजिक विकास मन्त्रालयमा थप मात्रा माग गर्ने निर्णय भएको स्वास्थ्य कार्यालयले जनाएको छ ।

यहाँ १४ हजार २ सय ४ जनाले पहिलो कोभिडसिल्डको खोप लगाएकाछन् । पहिलो र दोश्रो दुवै मात्रा लगाउनेको संख्या ९ सय ७८ रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित ख

ताजा समाचार

लोकप्रिय

error: Content is protected !!