काठमाडौं । एमाले नेता भीम रावलले सुदूरपश्चिम प्रदेशमा मुख्यमन्त्री त्रिलोचन भट्टले विश्वासको मत लिन सफल भएकोमा बधाई दिएका छन् ।
साथै रावलले सुदुरपश्चिम सरकारबाट विधि पद्दति नमान्नेहरुलाई शिक्षा लिन सुझाव समेत दिएका छन् ।

‘सुदूरपश्चिम प्रदेश सभामा विश्वासको मत लिनुपर्ने कुरा जेठ २१ गते उठेपछि जेठ २५ गते नै विश्वासको मत लिने प्रस्ताव गरी सभाको विश्वास प्राप्त गर्नुभएकामा मुख्यमन्त्री त्रिलोचन भट्टजीलाई हार्दिक बधाई! विधि, विधान र पद्धति मिच्नेहरूले उहाँबाट राजनीतिक नैतिकताको केही शिक्षा लिने कि ?’ रावलले सामाजिक सञ्जाल ट्वीटरमा ट्वीट गर्दै भनेका छन् ।

मुख्यमन्त्री भट्टले आजै विश्वासको मत पाएका हुन् ।

प्रतिक्रिया

सम्बन्धित ख

ताजा समाचार

लोकप्रिय

error: Content is protected !!