वरिष्ठ अधिवक्ता बद्रीबहादुर कार्कीले न्यायालयको फैसलामा विश्वास छैन भनेर राजनीतिक दबाब दिन नमिल्ने बताएका छन् । संवैधानिक इजलास गठनको विषयमा सरकारी वकिलहरूले विरोध गरेपछि रिट निवेदकको तर्फबाट बहस गर्दै वरिष्ठ अधिवक्ता कार्कीले यो विषयमा अनावश्यक हठ नगर्न आग्रह गरेका हुन् ।

‘यो प्रश्न (इजलास गठन) बारे श्रीमान्हरुले नै बुझ्ने कुरा हो । म उहाँहरुलाई विनम्र आग्रह गर्छु न्यायालयको फैसलामा विश्वास छैन भनेर राजनीतिक दबाब दिन मिल्दैन । उहाँहरुलाई हठ नगर्न आग्रह गर्छु । उहाँहरु (सरकारी वकिल र सरकार पक्षका कानुन व्यवसायी) यो रुपमा प्रस्तुत भए, राजनीतिक पार्टी कसरी प्रस्तुत होलान्’, उनले भने । उनले महान्यायाधिवक्तालाई पनि हठ नगर्न आग्रह गरे ।

प्रतिक्रिया

सम्बन्धित ख

ताजा समाचार

लोकप्रिय

error: Content is protected !!