
६ पुस, ताप्लेजुङ । संसद विघटनको विरुद्धमा ताप्लेजुङमा प्रर्दशन भएको छ । संसद विघटन देश र जनता तथा गणतन्त्रात्मक संघीय लोकतन्त्र विरुद्ध रहेको भन्दै अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियनले सदरमुकाम फुङलिङमा प्रर्दशन गरेको हो ।
प्रर्दशनमा प्रतिगामी कदम मान्दैनौँ, सर्बसत्ताबाद मुर्दाबाद लगायतका नारा लगाईएका थिए । सदरमुकाम फुङलिङमा निकालिएको विरोध प्रर्दशन तथा ¥यालीमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का जिल्ला स्तरका नेता तथा कार्यकर्ताहरु सहभागी भएका थिए ।