२२ जेठ, ताप्लेजुङ । ताप्लेजुङका निर्माण व्यवसायी तथा समाजसेवी विश्वराज राईले फुङलिङ नगरपालिका–९ हाङ्देवाका निम्नस्तरका परिवारलाई खाद्यान्न सामाग्री वितरण गर्नुभएको छ ।

नेचाली राई कान्छा कन्ट्रक्सनका प्रोपाईटर समेत रहेका राईले हाङ्देवाका निम्नस्तरका परिवारलाई १५ किलोका दरले चामल वितरण गर्नुभएको हो । २ सय परिवारलाई वितरण गर्ने योजना अनुसार शनिबार १ सय परिवारलाई वितरण गरिएको छ ।

आईतबार थप १ सय परिवारलाई वितरण गर्ने योजना रहेको राईले जानकारी दिनुभयो । कोभिड १९ को संक्रमणका कारण समस्यामा परिरहेका न्युन आयस्तरका सर्वसाधरणलाई सहयोग पुगोस भन्ने उद्धेश्यले आफ्नो व्यक्तिगत लगानीमा चामल वितरण गरेको बताउनु भयो । राईले टोलटोलमा आफै पुगेर खाद्यान्न वितरण गर्नुभएको हो ।

प्रतिक्रिया

सम्बन्धित ख

ताजा समाचार

लोकप्रिय

error: Content is protected !!