पार्टीमा एक पछि अर्को गर्दै एकलौटी र मनमानी ढंगले अघि बढेको, वरिष्ठ नेताहरुलाई कार्बाहीको डन्डा चलाएको भन्दै समानान्तर गतिविधिमा सक्रिय रहेको खनाल नेपाल समुहले अब ओलीसँग अन्तिम र निर्णायक वार्ता गर्ने र नभए पार्टी पुर्नगठन गर्ने तयारी गरेको छ ।
दोस्रो तहका नेताले अझै पनि एमालेलाई एक बनाउन सकिन्छ कि भनेर गरीरहेको प्रयासलाई सार्थकता दिन अझै केही दिन पर्खिएर निर्णायक वार्ता गर्ने सो समुहमा सल्लाह भएको छ ।

जुम मार्फत भएको उनीहरुको बैठकमा धेरै जसो केन्द्रीय सदस्यले भने ओलीले झुक्याउने, कार्ड फ्याक्ने र अलमल्याउने काम मात्र गर्ने भन्दै नयाँ पार्टी निर्माणको प्रयामा जुट्न सुझाएका थिए ।

तर वार्तामा बसेका सुरेन्द्र पाण्डे, गोकर्ण विष्ट लगायतकाले अझै केही दिन प्रयास गर्न सुझाए पछि नेताहरु पनि यो मनशायमा पुगेको बुझिएको छ ।
तर विरोध खतिवडा, राजेन्द्र राई लगायतका नेताहरु भने अब ओली सच्चिने संभावना नरहेको भन्दै नयाँ पार्टी बनाउनु पर्ने पक्षमा रहेका छन् ।
यी सबै कुरा सुनिसके पछि वरिष्ठ नेता झलनाथ खनाल र माधव कुमार नेपालले यत्रो दुखः गरेर ल्याएको कम्युनिष्ट आन्दोलन र पार्टी ओलीले समाप्त पार्न लागेको भन्दै युवाहरुले नेतृत्व लिएर अघि बढ्न सुझाएका थिए ।

यदी केही समय आवस्यक परे हामी नै गरौँला, हैन भने तपाईहरु अघि बढ्नुस्, हामीलाई केही जिम्मा दिनुस् खनालले नेताहरुलाई आग्रह गरेका थिए ।
पार्टी जेठ २, ०७५ को स्थितिमा पुर्याउनु पर्ने मुख्य माग यो समुहको रहेको छ ।
अर्कोतिर जनवर्गीय संगठनका १७ जना नेताहरुले विहिबार नै सयुक्त विज्ञप्ति जारी गरी ओलीलाई सच्चिन भन्दै नसच्चिए क्रान्तिको झण्डा उठाउन बाध्य हुने चेतावनी दिएका थिए ।

केही दिन अघि मात्रै ओली र नेपालबीच वार्ता भए पनि त्यसको केही दिनमै ओलीले माधव नेपाल लगायत ११ नेतालाई साधारण सदस्य समेत नरहने गरी निष्कासन गरिदिएका थिए ।

प्रतिक्रिया

सम्बन्धित ख

ताजा समाचार

लोकप्रिय

error: Content is protected !!