विवेकशील साझा पार्टीका नेता उज्ज्वल थापालाई भेन्टिलेटरबाट निकालिएको छ । यद्यपि,अस्पतालले उनको अवस्थाबारे आधिकारिक जानकारी दिइसकेको छैन । विवेकशील साझा पार्टीका सञ्चार विभाग सदस्य उद्धवराज भेटुवालले थापालाई मेडिसिटी अस्पतालको भेन्टिलेटरबाट निकालिएको जानकारी दिए । परिवारसँगको सल्लाहमा थप के गर्ने भन्ने जानकारी केहीबेरमा आउने उनले बताए । कोरोना संक्रमणपछि उनको सुरुमा ह्याम्स र ग्राण्डी अस्पतालमा उपचार भएको थियो भने पछिल्लो दिनमा गम्भीर अवस्थामा मेडिसिटीमा उपचार भइरहेको थियो । Ratopati

प्रतिक्रिया

सम्बन्धित ख

ताजा समाचार

लोकप्रिय

error: Content is protected !!