
तेह्रथुम, ५ पुस । अंशबण्डको विषयमा दाजुभाइबीच कुटपिट हुँदा म्याङ्लुङ नगरपालिका-८ कोबेक बस्ने ५२ वर्षीय गणेश लिम्बुको शुक्रबार मृत्यु भएको छ ।
गणेश लिम्बु र उनका भाइ ४३ वर्षीय किर्तिमान लिम्बुबीच अंशको विषयमा बिवाद भई झगडा भइरहेको अवस्थामा गणेशका छोरा ३५ वर्षीय कुमार लिम्बुले उनीहरुलाई छुट्याउने क्रममा बाँसले हिर्काउँदा गणेश लिम्बुको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।
प्रहरी चौकी जिरीखिम्तीबाट खटिएको प्रहरीले कुमारलाई पक्राउ गरेको छ । झगडामा गम्भीर घाइते भएका किर्तिमान लिम्बुलाई उपचारको लागि जिल्ला अस्पताल म्याङलुङमा भईरहेको छ । घटनाको बारे थप अनुसन्धान भईरहरेको प्रहरी नायव उपरीक्षक गौतम थापाले जानकारी दिनुभयो ।