१७ जेठ, ताप्लेजुङ ।
जिल्लामा कोभिड -१९ निवारण गर्न थप टेवा पुर्याउने उद्देश्यका साथ कन्चन्जङ्घा बोर्डिङ स्कुल ताप्लेजुङ २०६१ सालमा एस एल सी उत्तीर्ण बिद्यार्थीहरु द्वारा जिल्ला अस्पताल ताप्लेजुङलाई ४ लाख ६५ हजार रुपैया बराबरको स्वास्थ्य सामग्री प्रदान गरेको छ ।

भुतुपुर्ब बिद्यार्थीहरु फुङलिङ नगरपालिका ४ नम्बर वडा अध्यक्ष जितेन लिम्बू , एन एम बि बैङ्क ताप्लेजुङ शाखा प्रबन्धक अनिल श्रेस्ठ , कन्चनजङ्घा निर्माण सेवा प्रोप्राईटर बिनोद भारती र सिटिजन लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेड ताप्लेजुङ शाखा प्रमुख सन्तोस भट्टराईको पहलमा उपलब्ध भएको सो सामग्री सोमबार एक कार्यक्रमका बिच जिल्ला अस्पताल ताप्लेजुङका सुपरिटेन्डेन्ट डाक्टर सोनिङ लामालाई हस्तान्तरण गर्नुभएको फुङ्लिङ नगरपालिका ४ नम्बर वडा अध्यक्ष जितेन लिम्बुले जानकारी दिनुभयो ।

उहाका अनुसार अस्पताललाई २ लाख ५० हजार रुपया बराबरको ५ लिटरको अक्सिजन कन्स्ट्रेटर मेसिन २ थान , १५ हजार रुपया बराबरको पल्स अक्सिमिटर ५ थान , ५ हजार रुपया बराबरको एक थान स्पिकर र मेमोरिकार्ड बितरण सगै २ लाख रुपया रकम अस्पतालको आईसोलेशन वार्डमा कोरोना सङ्क्रमित बिरामिहरुका लागि ३ पटक सम्म पौस्टिक आहार , आईसोलेशन वार्डका ४ जना स्वास्थ्यकर्मीहरुलाई एक महिनाको खानको लागि समेत ब्यवस्थापन गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित ख

ताजा समाचार

लोकप्रिय

error: Content is protected !!